मोरङ । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्सले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

शोरूमको असार २५ गते भव्य रूपमा उदघाटन गरियो । कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा उद्घाटन गरिएको थियो । सो अवसरमा स्थानीय ग्राहकहरूलाई नयाँ स्पेस अवलोकनका लागि आमन्त्रण गरिएको थियो ।

ADVERTISEMENT

आकर्षक र ग्राहक–मैत्री ढाँचामा सजाइएको शोरूमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउने कम्पनीले जनाएको छ । शोरूममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्नेछन् ।

नयाँ शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा रूपमा सञ्चालनमा आइसकेको छ । कञ्चनबारी, मोरङ तथा यस आसपासका सम्पूर्ण बासिन्दाहरूलाई शोरूममा आमन्त्रण गर्दै नयाँ र अत्याधुनिक कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ ।

ADVERTISEMENT

कजारिया रमेश टायल्सले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ ढंगले अघि बढाएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ‘एसियाज मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष आठ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

तीन हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० + शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ ।