काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारी तीव्र गतिमा अघि बढेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले शुक्रबार नियमित प्रेस ब्रिफिङमा आगामी मङ्सिरमा हुने भनिएको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने प्रस्ताव रहेको उनले बताए। यद्यपि भ्रमणको मिति भने औपचारिक रूपमा निश्चित भइसकेको छैन।










