काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेको छ।

नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले प्रेस स्वतन्त्रता संविधानप्रदत्त अधिकार भएको उल्लेख गर्दै सञ्चारमाध्यमले उठाएका सवालप्रति सरकार सजग रहेको बताइन्।

ADVERTISEMENT

उनले नागरिकसम्म सरकारका काम पुर्‍याउन सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका रहेको भन्दै साझा प्रयासबाट मात्रै परिवर्तन सम्भव हुने बताइन्।

ADVERTISEMENT

प्रधानमन्त्री कार्यालयको निर्देशनमा मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति चर्को आलोचना भइरहेका बेला सरकारको यस्तो धारणा आएको हो।

उक्त घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घले आन्दोलन घोषणा गरेपछि प्रधानमन्त्री कार्यालयले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको हो।