काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ३ घण्टा विद्युत् कटौती गर्न लागेको हो।
प्राधिकरणले सूचना प्रकाशित गर्दै बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने जनाएको छ।
प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।
निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार सुचारु गरिने प्राधिकरणले जनाएको छ।









