काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन्।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित न्यायाधीशविरुद्ध नौवटा उजुरी परेको जानकारी दिएका हुन्। यसअघि कात्तिक २६ गते सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समितिले उजुरी माग गरेको थियो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।









