काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाले पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको जानकारी दिएको हो।

ADVERTISEMENT

फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी वरिष्ठ अभिनेत्री शबाना आजमी तथा सांघाई फिल्म एकेडेमी र फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरलगायतको उपस्थिति रहने महानगरले जनाएको छ।

ADVERTISEMENT

नेपाली चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलमा सन् १९७० र १९८० को दशकका नेपाली कथानक चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’को विशेष प्रदर्शनसमेत गरिनेछ।