हैदरावाद । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको प्रतिनिधि टोलीले सामाजिक सञ्जालमा भ्रामक तथा झूटा सामग्री फैलाइएको भन्दै हैदरावाद साइबर अपराध प्रहरीमा उजुरी दिएको छ।

टोलीले सामाजिक सञ्जालमा कलाकारहरूबारे नियतवश गलत सूचना फैलाइएको दाबी गर्दै घटनाको अनुसन्धान गर्न प्रहरीसँग माग गरेको हो।प्रेस विज्ञप्तिअनुसार ‘भिरोस’ टोलीका प्रतिनिधि स्वयं प्रहरी कार्यालय पुगेर उजुरी दिएका हुन्।

ADVERTISEMENT

उजुरीमा बनावटी दाबी, तोडमोड गरिएका स्क्रिनसट, परिचय चोरी तथा लक्षित दुर्व्यवहारसँग सम्बन्धित सामग्री उल्लेख गरिएको छ। अनुसन्धानमा सहयोग पुग्ने गरी सम्बन्धित लिङ्क र प्रमाणसमेत प्रहरीलाई बुझाइएको टोलीले जनाएको छ।

ADVERTISEMENT

हालै एक चर्चित सेलिब्रिटी टक शोमा देखिएपछि यी कलाकारबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका थिए। त्यसपछि टोलीले सार्वजनिक प्रतिक्रियाको अधिकारलाई सम्मान गर्ने तर अप्रमाणित वा तोडमोड गरिएका सामग्रीलाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुने स्पष्ट पारेको छ।