काठमाडौं । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

महानवमीमा शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गर्ने धार्मिक परम्पराअनुसार बिहानैदेखि श्रद्धालुहरू तलेजु भवानीको दर्शन तथा पूजाअर्चनाका लागि पुगेका हुन्।

ADVERTISEMENT

दसैँको महानवमीलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ मनाइन्छ। यस दिन दुर्गा भवानीको पूजा गर्नुका साथै परम्पराअनुसार हातहतियार तथा औजारको पूजा गर्ने चलन छ।

ADVERTISEMENT

महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्र आसपासमा चहलपहल बढेको छ। तलेजु भवानीको दर्शन गर्न आउने भक्तजनको उपस्थिति बाक्लो देखिएको छ।