काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले विभिन्न होटल तथा पान्क बाइकमा विशेष छुट पाउने भएका छन् । बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रा.लिसँग ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

समझदारीअनुसार बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले साझेदार संस्थाका विभिन्न सेवा तथा सामग्रीमा छुट पाउनेछन् ।

ADVERTISEMENT

होटल हिमालयन होराइजनमा डेबिट कार्डबाहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्डबाहकले १५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, रामाडा एन्कोर काठमाडौंमा खाना, पेय पदार्थ तथा स्पा सुविधामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

ADVERTISEMENT

यसैगरी, पान्क बाइक प्रा.लिमा विद्युतीय तथा सामान्य साइकल खरिद गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।

बैंकले यस्तो सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहन गर्ने विश्वास लिएको छ । डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन बैंकले समय–समयमा ग्राहकलाई लक्षित विभिन्न सुविधा सञ्चालन गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

ADVERTISEMENT

सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म र स्वतन्त्र पेसाकर्मीलाई लक्षित ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यस्तै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत प्रयोग गर्न सक्ने क्रस बैंक टेलर सेवा उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिँदै आएको छ ।