काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहमा उमेदवार छनौटका लागि रूपरेखा सार्वजनिक गरेको छ । रास्वपाले बुधबार विभिन्न मापदण्डसहितको रूपरेखा बुधबार सार्वजनिक गरेको हो ।

उमेदवार हुन चाहने व्यक्तिले रास्वपाको क्यान्डिडेट क्लबमा अनिवार्य आवेदन दिनुपर्ने छ । क्यान्डिडेट क्लबमा २१ वर्ष उमेर पुरा भएको र मतदाता नामावली भएका सदस्यले उमेदवार दिनसक्नेछन् । यस्तै, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १३ अनुसार अयोग्यता सूचीमा पर्नेहरू क्यान्डिडेट क्लबमा समावेश हुने छैनन् ।

ADVERTISEMENT

रास्वपाले पहिलोपटक राजनीतिक दलमा आबद्ध भई रास्वपाको सदस्यता लिएको व्यक्तिको सदस्यता अवधि ४५ दिन कटेको अवस्थामा उमेदवार बनाउने छ । यस्तै, अन्य राजनीतिक दलबाट रास्वपा आएकाहरूको हकमा ९० कटेपछि मात्रै उमेदवार बन्न पाउने व्यवस्था गरेको छ ।

ADVERTISEMENT

रास्वपाले उमेदवारका छनौटका लागि प्रारम्भिक मतदान पनि गर्नेछ । यसका लागि कुल मतदाताको पाँच प्रतिशत भन्दा बढी पार्टी सदस्य भएको अवस्थामा प्रारम्भिक निर्वाचनको भारांक ४० तोकिएको छ ।

ADVERTISEMENT

यस्तै, चार प्रतिशत भए ३० र र २ देखि ३ को बीचमा भए १० अंक तोकिएको छ । एकदेखि करिब २ प्रतिशत भएमा त्यसको अंक पाँच हुनेछ । एक प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको ठाउँमा प्रारम्भिक निर्वाचन हुनेछैन ।