काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब MOBIKINS MK PB-04 मोडलको पावर बैंक साथमा लैजान नपाउने भएका छन्। नेपाल एयरलाइन्सले सूचना जारी गर्दै भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानमा उक्त पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो।भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) को सर्कुलरअनुसार उक्त पावर बैंक विमानको क्याबिन ह्यान्डब्याग, चेक-इन ब्यागेज वा कार्गोमध्ये कुनै पनि माध्यमबाट लैजान पाइने छैन। यस व्यवस्थाअनुसार यात्रुले भारत जाने वा भारतबाट आउने उडानमा यात्रा गर्दा MOBIKINS MK PB-04 पावर बैंक नबोक्नुपर्नेछ। यात्रुले यात्रा गर्नुअघि आफ्नो सामानमा उक्त मोडलको पावर बैंक भए–नभएको जाँच गर्नुपर्ने हुन्छ।
नेपाल–भारत उडानमा पावर बैंक बोक्न प्रतिबन्ध




