काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा कायम भएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा तोकिएको छ।

ADVERTISEMENT

स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६४ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०८ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।

ADVERTISEMENT

अन्य प्रमुख मुद्रामध्ये क्यानेडियन डलरको बिक्रीदर १०८ रुपैयाँ ९९ पैसा, सिंगापुर डलरको १२१ रुपैयाँ १५ पैसा र चिनियाँ युआनको २३ रुपैयाँ १७ पैसा रहेको छ। साउदी रियालको बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा र कतारी रियालको ४२ रुपैयाँ ५८ पैसा तोकिएको छ।

मध्यपूर्वका मुद्रामध्ये कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा रहेको छ। बहराइन दिनारको बिक्रीदर ४१० रुपैयाँ ७० पैसा र ओमनी रियालको ४०२ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

ADVERTISEMENT

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटबाट हेर्न सकिनेछ।