काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।  मंगलबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।  मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

ADVERTISEMENT

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।