काठमाडौँ  – एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ताबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्ट ग्राहकले अब CyberSource Payment Gateway मार्फत विश्वभर रहेका Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममा सहज र सुरक्षित रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।

ADVERTISEMENT

यस सुविधाअन्तर्गत अन्तर्राष्ट्रिय ग्राहकले भौतिक कार्ड प्रयोग गर्नुपर्ने झन्झट हटाउँदै आफ्नो कार्ड विवरण Apple र Google Android मोबाइलमा Tokenize गरी सरल तरिकाबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

ADVERTISEMENT

विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा आईटी क्षेत्रका व्यवसायीले बैंकको ई–कमर्स पेमेन्ट गेटवेमा CyberSource आबद्ध भई अन्तर्राष्ट्रिय ग्राहकबाट Apple Pay र Google Pay मार्फत भुक्तानी लिन सक्नेछन्।

बैंकका अनुसार यस सुविधाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित Payment experience प्रदान गर्न सहयोग गर्नेछ। पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स, आईटी तथा सामान निर्यात गर्ने व्यवसायीका लागि अन्तरदेशीय व्यापार विस्तार गर्न र विदेशी मुद्रा आर्जनको सम्भावनालाई समेत यसले थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले भुक्तानीलाई थप सहज, सरल र सुरक्षित बनाउनुका साथै मर्चेन्ट ग्राहकको व्यवसाय विस्तारमा टेवा पुर्‍याउने बैंकले विश्वास लिएको छ। साथै, नेपालको पर्यटन प्रवद्र्धन तथा देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा समेत यसले नयाँ आयाम थप्ने बैंकको भनाइ छ।