काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।

ADVERTISEMENT

कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको उपस्थितिमा सफारी चालकहरूलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण गरेका थिए ।

ADVERTISEMENT

दैनिक रूपमा यात्रु ओसारपसार गर्ने सफारी चालकको सुरक्षा र सहज पहिचानलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने अवस्थामा ज्याकेटको प्रयोगले चालकलाई सडकमा स्पष्ट देखिन सहयोग पुग्ने र दुर्घटनाको जोखिम न्यूनीकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

बैंकले समुदायको आवश्यकता पहिचान गरी सडक सुरक्षा, वित्तीय साक्षरता, डिजिटल सचेतना, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

आगामी दिनमा पनि समुदायलाई सुरक्षित, समावेशी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ ।