काठमाडौं । मेरोअटो राइडको चौथो संस्करण असोज १६ गते शुक्रबार आयोजना हुने भएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर अटोमोबिलिटी प्रालिले काठमाडौंको नेपाल पर्यटन बोर्डदेखि ऐतिहासिक गोरखा दरबारसम्म राइड आयोजना गर्न लागेको हो।
राइड बिहान ८ बजे नेपाल पर्यटन बोर्डबाट सुरु हुनेछ। सहभागी राइडरहरू सीतापाइला, धादिङ, गल्छी, मुग्लिन र आँबुखैरेनी हुँदै गोरखा पुग्नेछन्। गोरखा दरबारमा पुगेर राइडको समापन गरिने आयोजकले जनाएको छ।
राइडका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधिसमेत सञ्चालन गरिनेछ। मुग्लिनमा टोटल इन्जिनले राइडरहरूलाई लक्षित गर्दै केयर क्याम्प सञ्चालन गर्नेछ।
अटोमोबिलिटी प्रालिका प्रबन्ध निर्देशक हरिप्रसाद गजुरेलले आन्तरिक पर्यटन प्रवर्द्धन, राइडिङ संस्कृतिको विकास तथा राइडरहरूबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार मेरोअटो राइडलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।
यस संस्करणको मुख्य प्रायोजक टोटल इन्जिन रहेको छ। सीएट टायर पावर्ड बाई प्रायोजकका रूपमा रहेको छ भने रोयल इनफिल्ड, हिरो, यामाहा, होन्डा, बजाज र मोर्बिडेल्लीले सहयोग गरेका छन्।
मेरोअटो राइड सन् २०२३ देखि निरन्तर आयोजना हुँदै आएको छ। पहिलो संस्करण सोलुखुम्बुको पताले, दोस्रो संस्करण २०२४ मा रसुवाको ब्राबल र तेस्रो संस्करण २०२५ मा दोलखाको खरिढुंगामा सम्पन्न भएको थियो। चौथो संस्करणका लागि आयोजकले गोरखालाई गन्तव्यका रूपमा छनोट गरेको जनाएको छ।







