काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

ADVERTISEMENT

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा भीषण आगलागी भएको थियो।

ADVERTISEMENT

बसका चालक काभ्रेका २५ वर्षीय दावा लामा रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैंले बसमा आगो लगाएको देखिएको छ।