काठमाडौं । ओप्पोले नेपालमा रेनो १६ सिरिजअन्तर्गत रेनो १६ र रेनो १६ एफ गरी दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई जोडेर आयोजना गरिएको कार्यक्रममा कम्पनीले सिरिजका प्रमुख विशेषताहरू सार्वजनिक गरेको हो।

रेनो १६ मा ६.३२ इन्च र रेनो १६ एफमा ६.५७ इन्चको डिस्प्ले दिइएको छ। दुवै फोनमा ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा, अप्टिकल इमेज स्टेबलाइजेसनसहितको रियर क्यामेरा सेटअप तथा टेलिफोटो पोर्ट्रेट क्यामेरा उपलब्ध छन्। फोटोग्राफी र भिडियोग्राफीका लागि एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० लगायतका सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

कलरओएस १६ मा सञ्चालन हुने रेनो १६ सिरिजमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसनजस्ता एआईमा आधारित सुविधा छन्। रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ भने दुवै मोडलमा ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्टसहित क्रमशः ६ हजार ७ सय एमएएच र ७ हजार एमएएच ब्याट्री दिइएको छ।

ADVERTISEMENT

सुरक्षाका लागि सिरिजमा आईपी६८, आईपी६९ र आईपी६९के रेटिङका साथै स्प्लास टच र ग्लोभ टच सुविधा उपलब्ध छन्। कम्पनीले सिरिजसँगै ‘ओप्पो बबल’ नामक चुम्बकीय सहायक उपकरण पनि सार्वजनिक गरेको छ, जसलाई क्यामेरा पूर्वावलोकन स्क्रिन, रिमोट शटर तथा व्यक्तिगत सामग्री प्रदर्शनका लागि प्रयोग गर्न सकिने जनाएको छ।

नेपालमा रेनो १६ ५जीको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र रेनो १६ एफ ५जीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ। दुवै मोडल पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा उपलब्ध हुनेछन्। कम्पनीका अनुसार पहिलो ५०० ग्राहकले यीमध्ये कुनै फोन खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क पाउनेछन्।

ADVERTISEMENT

त्यस्तै, १५ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको ओप्पो बबल प्रवर्द्धन अवधिमा ९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ। कम्पनीले फोनसँग सम्बन्धित कम्प्लिट रिप्लेसमेन्ट सुविधा तथा मर्मत सम्भव नभएको अवस्थामा दुई महिनाको अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टीसमेत उपलब्ध गराउने जनाएको छ।