रसुवा । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीले रातभर काम जारी राखेको छ।
टनेल प्रवेशमार्ग नजिक जम्मा भएको लेदो, माटो र भग्नावशेष हटाउँदै बाटो खुलाउने प्रयास भइरहेको छ। एक्साभेटरलगायतका उपकरण प्रयोग गरेर उद्धार टोली टनेलसम्म पुग्ने बाटो तयार गर्न जुटेको छ।
ठूलो मात्रामा जम्मा भएको भग्नावशेष र प्रतिकूल अवस्थाबीच पनि उद्धारकर्मीहरू रातदिन नभनी खोजी तथा उद्धारमा खटिएका छन्।
रातिको समयमा समेत टनेलभित्र प्रवेश गर्ने प्रयास जारी राखिएको थियो।





