काठमाडौँ — बिहीबार प्रतिनिधि सभा बैठक चलिरहेका बेला सांसद भरत खड्का एकाएक ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

खड्काको अहिले वीर अस्पतालको इमरजेन्सी कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. विकास नेपालले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार खड्काको रक्तचाप उच्च हुनुका साथै चक्कर लागेको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको डा. नेपालले बताए।

ADVERTISEMENT

“उहाँको ब्लड प्रेसर हाइ भएको रहेछ। चक्कर लागेको थियो। अहिले इमरजेन्सी कक्षमा उपचार भइरहेको छ। अवस्था सामान्य छ,” उनले भने।