काठमाडौं । सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाएको छ ।
खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनक गिरी छन् । उनी डोटीबाट निर्वाचित सांसद हुन् ।
प्रतिनिधि सभाका १० समितिमध्ये सार्वजनिक लेखा विपक्षीले पाउने संसदीय अभ्यास छ । यसअनुसार रास्वपाले प्रतिनिधिसभाका नौवटा समितिमा उम्मेदवारी दिएर लेखा प्रमुख प्रतिपक्षीका लागि छोडेको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले डोटीबाट निर्वाचित सांसदलाई सभापतिको उम्मेदवार बनाएको सांसद योगेश गौचनले जानकारी दिए ।
सार्वजनिक लेखा समिति अन्य संसदीय समितिभन्दा महत्वपूर्ण मानिन्छ । यसले सरकारले गरेका आर्थिक निर्णयकाे छानबिन गर्न सक्नेछ ।












