काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले हालै भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ५१ लाख रुपैँया र कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैँया समेत गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैँया नगद सहयोग उपलब्ध गराएको छ ।

ADVERTISEMENT

नगद आर्थिक सहयोगका साथै एभरेस्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।

ADVERTISEMENT

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।