काठमाडौं । रसुबा बाढी प्रभावित जिल्लामा आज रातिदेखि पर्सि बिहानसम्म मध्यम स्तरको वर्षाको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत आसपासका जिल्लामा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

ADVERTISEMENT

एकदुई स्थानमा भने भारी वर्षा समेत हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, महाशाखाले अहिले देशभर मनसुनी पायुको प्रभाव रहेको पनि जनाएको छ ।

ADVERTISEMENT

‘मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सदरद स्थान आसपास रहेको छ,’ महाशाखाले भनेको छ ।

हाल भारतको पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव नेपालमा देखिएको महाशाखाले भनेको छ ।

ADVERTISEMENT