प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनबारे छलफल भएको हो।
त्यसक्रममा बाढीबाट क्षति पुगेका संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत र सुरक्षित स्थानमा व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराउनुभएको छ।



