काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रसुवालगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, कम्पनीका सञ्चालक समिति र कर्मचारीबाट थप २१ लाख रुपैयाँ सहयोग गरिनेछ। यसरी कम्पनी, सञ्चालक समिति तथा कर्मचारीको तर्फबाट गरी कुल ७२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको हो।

ADVERTISEMENT

कम्पनीले बाढीका कारण देशका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

ADVERTISEMENT

सानिमा रिलायन्स लाइफले बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

ADVERTISEMENT

कम्पनीले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यले अघि बढाएका प्रयासमा आफ्नो तर्फबाट सहयोग र सहकार्य जारी राख्ने जनाएको छ।