काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्किएका छन्।

बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्न तथा उद्धार, राहत र पुनःस्थापनाका लागि भइरहेका कामको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ प्रस्थान गरेका हुन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। सरकारले प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न, पानी, मेडिकल सामग्री, टेन्ट, जेनेरेटर तथा सञ्चार उपकरणलगायत सामग्री पुर्‍याउने काम भइरहेको जनाएको छ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले यसअघि प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर उडान भइरहेको तथा उद्धार गरिएका नागरिकमध्ये सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइने बताएका थिए।

ADVERTISEMENT

स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शाहले प्रभावित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या तथा तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT