काठमाडौं ।  निखिल उप्रेतीको कमब्याक फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर एक्सनले भरिपूर्ण छ।

टिजर हेर्दा फिल्म बदलाको कथावस्तुमा आधारित रहेको अनुमान लगाउन सकिन्छ। मुख्य भूमिकामा देखिएका निखिल वरिपरि नै फिल्मको टिजर घुमेको छ।

ADVERTISEMENT

उनको दमदार एक्सन, स्टन्ड र संवादले अझ टिजरलाई रोचक बनाएको छ। ‘जसलाई कसैले चोट दिन सक्दैन, उसलाई आफ्नैले चोट पुर्‍याउँछन्’ निखिलले बोलेको यो डाइलगले ध्यान तान्छ।

ADVERTISEMENT

निखिलसँगै टिजरमा अभिनेत्री  पूर्णिका सिजापतिलाई पनि देख्न सकिन्छ। निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस फिल्ममा निखिल र पूर्णिकासहित प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, भारतीय कलाकार दीपराज राणासहितको अभिनय रहेको छ।

फिल्मको लेखन निखिल उप्रेतीले नै गरेका हुन्। फिल्मको निर्माता भने कृष्ण भट्टराई हुन्। यो फिल्म फिल्म असोज ९ गतेदेखि प्रदर्शन हुनेछ।

ADVERTISEMENT

निखिल उप्रेती ‘आचार्य’मार्फत एक दशकपछि निर्देशनमा फर्किएका हुन्। उनले यसअघि सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए।