स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।

गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार घाइते १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।

ADVERTISEMENT

जिपमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुने तथा घाइतेको परिचयसमेत खुल्न बाँकी रहेको डीएसपी अवस्थीले बताए।

ADVERTISEMENT

उनका अनुसार विभिन्न अस्पतालमा पुगेर घाइतेहरूको विवरण संकलन गर्ने तथा दुर्घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको छ।

ADVERTISEMENT