सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।।

ADVERTISEMENT

त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो।

ADVERTISEMENT

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए।

बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले उनले बताए । घटना स्थलमा स्थानीयहरूको बाक्लो भिड लागेको छ ।

ADVERTISEMENT