झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। मेचीनगर–८ की ६४ वर्षीया महिलाको मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। हालसम्म झापामा जेइ संक्रमितको संख्या ११ पुगेको छ। मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्।

जेइको जोखिम बढेसँगै जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा परीक्षणको दायरा बढाएको छ। साथै, स्वास्थ्यकर्मीको टोली परिचालन गरी नियमित अनुगमन भइरहेको कार्यालयले जनाएको छ।

ADVERTISEMENT