काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ। त्यसका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ सदस्य छन्।

विधान संशोधनका विषयमा छलफल गर्न कार्यदलको पहिलो बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकले विधान संशोधनका लागि आवश्यक विषय तथा प्रस्तावमाथि छलफल गर्नेछ।

ADVERTISEMENT

ADVERTISEMENT