नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार कार्निभल भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ ।
यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी टाटा मोटर्सका नयाँ मोडल खरिद गर्न सक्नेछन्। विशेषगरी हालै नेपाली बजारमा सार्वजनिक गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभी खरिद गर्दा पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
कार्निभल अवधिमा टाटाका गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विभिन्न आकर्षक सुविधा पनि घोषणा गरेको छ। ग्राहकले विशेष एक्सचेन्ज मूल्यांकन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसरिज तथा निःशुल्क होम चार्जर जडान जस्ता सुविधा पाउनेछन् ।
नयाँ पन्च ईभी र टियागो ईभीमा विशेष आकर्षण
नयाँ पन्च ईभी र नयाँ टियागो ईभीलाई NAIMA Nepal Mobility Expo २०२६ को अवसर पारेर विशेष योजनासहित नेपाली बजारमा सार्वजनिक गरिएको थियो। नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नयाँ पन्च ईभी टाटा मोटर्सको अत्याधुनिक, Acti. ev प्लेटफर्म मा आधारित छ। यो मोडल ३२ किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणका आधारमा यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
पन्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५–स्टार बीएनक्याप सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ लगायतका सुविधा छन् । त्यस्तै, यसमा भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टियागो ईभीमा पनि नयाँ अपडेट
दैनिक प्रयोगलाई लक्षित गरेर ल्याइएको नयाँ टियागो ईभीमा पनि डिजाइन तथा फिचरतर्फ विभिन्न अपडेट गरिएको छ। नयाँ लुक्स र आकर्षक रङ विकल्पसँगै यसमा ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्याग जस्ता सुविधा उपलब्ध छन्। कम्पनीले कार्निभलमार्फत पुरानो गाडी एक्सचेन्ज गरेर विद्युतीय गाडीमा जान चाहने ग्राहकलाई लक्षित गरेको जनाएको छ। नयाँ पन्च ईभी र टियागो ईभीसँगै टाटा मोटर्सका अन्य मोडलमा पनि ग्राहकले कार्निभल अवधिमा विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।






