काठमाडौं । एनसेलले मंगलबारदेखि १९८ गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउन २२ गते स्वीकृति दिएपछि एनसेलले अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको जनाइएको छ।

प्राधिकरणको स्वीकृतिअनुसार अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान र मलेसियालगायतका मुलुकमा कल गर्दा नयाँ पल्स दर लागू हुनेछ।

ADVERTISEMENT

त्यस्तै, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको र लिबियालगायतका गन्तव्यमा पनि नयाँ पल्स दर लागू गरिएको एनसेलले जनाएको छ।

ADVERTISEMENT

एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क कम्पनीको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिनेछ।

ADVERTISEMENT