काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। बागमतीको पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

ADVERTISEMENT

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

ADVERTISEMENT