काठमाडौं । टाटा मोटर्सको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘पञ्च ईभी’ नेपालभरका आधिकारिक शोरुमबाट एकसाथ सार्वजनिक भएको छ । काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा लन्च भएसँगै देशभरका शोरुमबाट गाडी सार्वजनिक गरिएको हो ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पञ्च ईभी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार गाडीप्रति ग्राहकको उत्साह बुकिङमै देखिएको छ । बुकिङ भएका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिने कम्पनीले जनाएको छ ।
पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन् ।
त्यस्तै, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ ।
पञ्च ईभी काठमाडौंसहित बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीका आधिकारिक शोरुमबाट समेत एकसाथ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।





