काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
सोमबार बिहान साढे ११ बजे प्रधानमन्त्री बालेनलाई भेट्न श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । दुवै बीच आधा घन्टा एक्लाएक्लै कुराकानी भएको थियो ।
प्रधानमन्त्री बालेनले यसअघि सामूहिक रूपमा भारतीय राजदूत श्रीवास्तवसँग छलफल गरेका थिए । उनी प्रधानमन्त्री भएपछि पहिलोपटक एक्लाएक्लै भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् । सो अवसरमा आसन्न प्रधानमन्त्री बालेनको भारत भ्रमणको बारेमा छलफल भएको स्रोतले बतायो ।
भारतीय राजदूत श्रीवास्तवपछि प्रधानमन्त्री बालेनसँग चिनियाँ राजदूतले दिउँसो साढे ३ बजे भेटवार्ता गर्ने भएका छन् ।





