काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह बेपत्ता भएको तीन दिनपछि मृत फेला परेका छन् । सिंह शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी शारदा चौधरीले सिंहको शव फेला परेको पुष्टि गरे । ‘जंगलभित्र नै उनको शव फेला परेको छ । थप बुझ्ने काम भइरहेको छ,’ उनले भने ।
सिंहले प्रयोग गर्ने लुप्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार नै गोरुसिंगे जंगलभित्र फेला परे पनि उनको अवस्था भने पत्ता लागेको थिएन ।

खोजीकै क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहरप्रसाद भट्टले बताए । प्रहरीले उनको खोजीका लागि मोटरसाइकल भेटिएको क्षेत्रमा तालिमप्राप्त कुकुर, ड्रोन र ठूलो मात्रामा प्रहरी टोली परिचालन गरेको थियो ।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयरका साथै नेपाली कांग्रेसमा सक्रिय नेता थिए।

ADVERTISEMENT