काठमाडौं । बलिउड सिनेमा ‘रामायणम्’को प्रदर्शन मिति तय भएको छ । ६ नोभेम्बर २०२६ मा अथवा लक्ष्मी पूजाको दुई दिनअगाडि यो चलचित्र रिलिज हुनेछ ।

‘रामायणम्’को अन्तर्राष्ट्रिय वितरण साझेदार सोनी पिक्चर्सले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा अंग्रेजी ट्रेलर र यसको रिलिज मिति जारी गरेको छ ।

सोनी पिक्चर्सले लेखेको छ, “अहिले कहिल्यै नभएको कथा रामायणम्को आधिकारिक ट्रेलर हेर्नुहोस्, नोभेम्बर ६ मा विश्वभरका थिएटरहरूमा आउँदैछ ।”

ADVERTISEMENT

‘रामायणम्’मा रणवीर कपूरले भगवान रामको भूमिका निर्वाह गरेका छन् । यशले रावणको भूमिका निर्वाह गरेका छन् । साई पल्लवीले सीताको, सनी देओलले भगवान हनुमानको र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् ।

ADVERTISEMENT

यो चलचित्र चार हजार करोड बनेको बताइएको छ । यसको दास्रो भागको बजेट पनि चार हजार करोड नै रहेको बताइएको छ ।