काठमाडौँ । नेपाल चिकित्सक संघले अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष बद्री रिजाल र महासचिव विश्वराज दवाडीले बुधबार विज्ञप्ति जारी गर्दै अनसनरत इन्टर्न चिकित्सक हरिजनको जीवनरक्षाका लागि उनले उठाएको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमको सम्मानलगायत विभिन्न माग राखी इन्टर्न चिकित्सक हरिजन साउन १९ गतेदेखि अमरण अनसनमा बसेका छन् ।

ADVERTISEMENT

हरिजनले उठाएको ‘समान कामको समान पारिश्रमिक’, श्रमको सम्मान र यस विषयमा बसेको कार्यदलको सिफारिस कार्यान्वयन गर्नुपर्नेलगायतका मागमा पूर्ण समर्थन रहेको संघले उल्लेख गरेको छ ।

ADVERTISEMENT