काठमाडौं । एमाले नेता गोकुल बासकाेटाले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ सर्वदलीय बैठकमा उपस्थित नभएकोप्रति कटाक्ष हानेका छन् ।
सुनसरीलगायतका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ बैठकमा नगएपछि बासकोटाले तीखो कटाक्ष गरेका हुन् ।
‘प्रम र गृहमन्त्री सर्वदलीय बैठकमा नजानु उनको राजनीतिक मान्यता, स्वभाव र उदयका आधारका दृष्टिले दु:खद विषय नै हैन, ती त मशान जाग्ने बेला बिउँझन्छन् अनि स्टाटसमा साक्षात्कार हुन्छन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र, अर्को होटल र नाकामा छापा मार्दा धम्काउँदै गर्जेको देखिन्छ। दु:खको कुरा सभापति आफ्नै सत्ता निरिह बन्नु हो।’




