काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित दिने निर्णय गरेको हो।

ADVERTISEMENT

निर्णयअनुसार विभिन्न सांसदलाई उदयपुर, गोरखा, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, रुपन्देही, बाँके, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लाको जिम्मेवारी तोकिएको छ।

प्रमुख सचेतक बासना थापाका अनुसार जिम्मेवारी पाएका सांसदहरूले सम्बन्धित जिल्लामा पार्टी संगठन सुदृढीकरण, समन्वय र सम्पर्क विस्तारका लागि काम गर्नेछन्। साथै, उनीहरूले आफ्नो गतिविधिको प्रत्येक तीन महिनामा एकपटक समग्र प्रतिवेदन संसदीय दलको कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

ADVERTISEMENT