काठमाडौं । नेपाल स्कुल स्पोट्र्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच ५ वर्षेका समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस द्विपक्षीय सम्झौताको मुख्य उद्देश्य देशभरिका हिसानमा आबद्ध उच्च माध्यमिक विद्यालय र कलेजहरूमा संस्थागत विद्यालय खेलकुदको व्यवस्थित विकास, प्रवद्र्धन र समन्वय गर्नु रहेको एनएसएसएफले जनाएको छ ।

ADVERTISEMENT

उक्त औपचारिक समझदारी पत्रमा एनएसएसएफका केन्द्रीय अध्यक्ष श्री विनोद श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष श्री युवराज शर्माले हस्ताक्षर गर्नुभएको छ।

ADVERTISEMENT

हस्ताक्षर समारोहमा एनएसएसएफका उपाध्यक्ष श्री मोहन कुमार कार्की, अन्तर्राष्ट्रिय स्कुल स्पोट्र्स फेडरेसनका कार्यकारी समिति सदस्य श्री राजकुमार कार्की, हिसानका महासचिव श्री रामहरि सिलवाल, एनएसएसएफका बोर्ड सदस्य तथा सीएफओ श्री सोविनराज रेग्मी, एनएसएसएफका बोर्ड सदस्य श्री खड्ग बहादुर थापा र एनएसएसएफकै बोर्ड सदस्य श्री पदम रानाको उपस्थिति रहेको थियो ।