काठमाडौं। आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्री सुधन गुरुङले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले गणेश नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन्। यसअघि सोही दिन सरकारले पीडित परिवारसँग ९ बुँदे सहमति गरेको थियो।

ADVERTISEMENT

सहमतिअनुसार पीडित परिवारलाई राहत उपलब्ध गराउने, गणेश नेपालीकी छोरीको उच्च शिक्षाको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्ने लगायतका विषय समेटिएका छन्।

मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरीले ह्विललक लगाएपछि उत्पन्न विवादका क्रममा बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।

ADVERTISEMENT