चितवन । धुर्मस सुन्तलीले छाडेको चितवन स्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य १६ महिनामा सकिने अनुमान गरिएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाएको थियो । हाल महानगरपालिकाले निर्माणको काम धमाधम अगाडि बढीरहेको जनाएको छ । संघ , प्रदेश र भारतपुुर महानगरपालिकोे स्रोत साझेदारीमा अगाडि बढाउने गरी निर्माण कार्य सुरु भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले निर्माण कार्य तिव्रगतिमा अगाडि बढेकोले तोकिएको समयमा सक्ने अनुमान गरिएको जानकारी दिए । मूल्य अभिबृद्धिकर(भ्याट) सहित ७८ करोडको सम्झौतामा निर्माण कार्य अगाडि धुर्मस सुन्तलीले छाडेको चितवनको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य धमाधम, १६ महिनामा सकिने अनुमान उनले जानकारी दिए । ३० महिनाको समयअवधि दिएर निर्माण व्यवसायीसँग सम्झौता गरिएको उनले जानकारी दिए ।
डिबिआर कन्स्टक्सन निर्माण कम्पनीले रंगशालाको निर्माण कार्य अगाडि बढाइरहेको छ । गत वर्ष आएको बाढीको कारणले निर्माण गर्न ढिला भएको उनको भनाई छ । मासिक तिन प्रतिशतका दरले भौतिक प्रगति हुनुपर्ने भएपनि कामदारको अभावले लक्ष्य अनुसार प्रगति धेरै हुन नसकेको उहाँको भनाई छ ।
निर्माणको अप्ठारा काम सकिएको र सजिलो काम बाँकी रहेकाले तोकिएको समयमा रंगशाला निर्माण सकिने महानगरले जनाएको छ । समय अवधिको आधारमा ४० प्रतशत प्रगति हुुनुुपर्नेमा हाल सम्म ३० प्रतिशत भौतिक प्रगति भएको महानगरलेजनाएको छ ।








