काठमाडौं — कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा प्रहरीसँग भएको झडपमा घाइते भएका जेनजी अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरिएको छ।

जेनजी अभियन्ता तनुजा पाण्डेका अनुसार प्रहरीको कुटपिटका क्रममा अन्सारीको टाउको र अनुहारमा बुटले प्रहार गरिएको थियो, जसका कारण अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको छ।

ADVERTISEMENT

प्रारम्भिक उपचारका लागि उनलाई कीर्तिपुर अस्पताल लगिएको थियो। त्यहाँ भिडियो एक्स–रे र अन्य स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको हो।

शनिबार दिउँसो कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा विस्थापित सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ता माजिद अन्सारी, मोनिका निरौला, रीया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कुटपिट तथा धरपकड गरेको आरोप लागेको छ।

ADVERTISEMENT

उक्त घटनामा माजिद अन्सारी घाइते भएका छन्। घटनाबारे प्रहरीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।