धनगढी — बझाङको केदारस्यूँ गाउँपालिका–७ को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमै तीन जनाको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।

ADVERTISEMENT

‘हामी उद्धारकै कार्यमा छौं। घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ,’ प्रमुख जिल्ला अधिकारी केशरीले बताए।

प्रहरीका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

ADVERTISEMENT