काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका एक युवकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए।
गम्भीर घाइते भएका मण्डललाई तत्काल नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मण्डललाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी उनका आफन्तले दिएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






