काठमाडौं– सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

सरकारको निर्णयसँगै गेटा अस्पताल अब शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको छ।

ADVERTISEMENT