काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपालको आर्थिक विकासका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष कान्दाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीन वटा विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
कान्डा आइतबार राति नेपाल आइपुगेका थिए । उनले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता भएको थियो । सो अवसरमा नेपालले एडिबीसँग २५ अर्ब ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।
एडिबी अध्यक्ष कान्डा प्रधानमन्त्री बालेनले भेटेको पहिलो विदेशी पाहुना बनेका छन् । यसअघि अमेरिकाका दुई उच्चस्तरका कूटनीति आउँदा प्रधानमन्त्री बालेनले भेटेका थिएनन् ।









