काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन (बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट) अन्तर्गत निजी क्षेत्रको बैंकतर्फ नबिल बैंकले लगातार तेस्रो पटक ‘गोल्ड अवार्ड’ प्राप्त गरेको हो।

यससँगै बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्डको इतिहासमै पहिलो पटक समावेश गरिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ विधामा पनि बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। यसरी नबिल बैंक एकैपटक तीनवटा प्रतिष्ठित सम्मानबाट विभूषित भएको हो।

ADVERTISEMENT

मंगलबार काठमाडौंमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए।

आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको उक्त अवार्डका लागि वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपनालगायतका मापदण्डका आधारमा मूल्यांकन गरिएको आइक्यानले जनाएको छ।

ADVERTISEMENT

यसअघि पनि नबिल बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो। यस वर्षको पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरमा प्रदान गरिने ‘साफा बीपीए अवार्ड’का लागि समेत मनोनयन हुने आयोजकले जनाएको छ।

हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले दिगो बैंकिङ र डिजिटल सेवामा जोड दिँदै ‘एनबैंक’ सञ्चालनमार्फत आधुनिक बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ।